नेभिगेशन
अदालत

मधेस प्रदेशका पूर्व प्रमुखविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं  । पूर्व प्रदेश प्रमुखमाथि यौन दुर्व्यवहार घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)  माथि  जिल्ला प्रहरी परिसर काठमाडौंको महिला सेलले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनीमाथि अनुसन्धान थालेको हो। 

यौन दुर्व्यवहारको उजुरीका आधारमा काठमाडौँ प्रहरी परिसरले अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ । उनीमाथि यौन दुर्व्यवहार मुद्दामा प्रहरीले पक्राउ पुर्जीसमेत जारी गरेको बताइएको छ । 

अहिराजले मधेसमूलकै एक नाबालिगलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । पहिले राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरी समक्ष पुगेकी थिइन् । 

उनले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेको चार दिन भए पनि अहिलेसम्म उनी सम्पर्कमा आएका छैनन् । 

अहिराज २०७७ साल फागुन ७ गते मधेस प्रदेश प्रमुख नियुक्त भएका थिए । तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई नियुक्त गरेका थिए । 

कार्यकालको करिब ६ पनि महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो । उनी मधेसवादी अभियन्ताका रुपमासमेत चिनिन्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्