नेभिगेशन
नेपाल प्रहरी

बैंकिङ कसुरमा झण्डै २६ लाख जरिवाना पाएकी फरार महिला प्रतिवादी रुपन्देहीबाट पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले बै‌किङ कसूर मुद्धामा लाखौं रुपैयाँ जरिवाना पाएर फरार भएका एक जना प्रतिवादीलाई  पक्राउ गरेको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासको २०७६ पुस १६ गतेको फैसलाले बैंकिङ कसुरमा दोषी ठहर गर्दै २५ लाख ९२ हजार रुपैयाँ जरिवानाको सजाय पाएर फरार भएका ओमसतिया गाउँपालिका-४ का यशुदा भट्टराईलाई पक्राउ गरेको जनाएको छ।

बिहिवार पक्राउ परेका प्रतिवादी भट्टराईलाई आज आबश्यक कारबाहीका लागि जिल्ला अदालत रुपन्देहीमा पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्