नेभिगेशन
नेपाल प्रहरी

विदेशबाट फर्किएका युवकलाई विमानस्थलमा दुर्व्यवहार गर्ने ३ प्रहरीलाई कारबाही, सुरु भयो छानबिन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका एक युवकलाई दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा दुबईबाट बिदामा फर्किएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि प्रहरीको दुर्व्यवहारमा परेका थिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरीले उक्त कार्यमा संलग्न रहेका तीन जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको जानकारी दिएको छ। उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको एसएसपी शेखर खनालले जानकारी दिए ।

ओझाले  ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो राखेका थिए ।ओझाका अनुसार, १० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए ।

आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए। तर, प्रहरीले उल्टै दुव्र्यवहार गरेको उनको गुनासो थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्