नेभिगेशन
नेपाल प्रहरी

सुनसहित ३६ वर्षीय युवक पक्राउ

काठमाडौं स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दीबाट ७ तोला ९ सय ६९ लाल सुनसहित वालिङ नगरपालिका-६ बस्ने बस्ने ३६ वर्षीय प्रदिप अर्याललाई प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८८०९ नम्बरको ईभि भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्