नेभिगेशन
नेपाल प्रहरी

बर्दियाबाट अटो र मोटरसाइकलसहित विभिन्न किसिमका अवैध सामाग्री प्रहरीको नियन्त्रणमा

बर्दिया । बर्दियाबाट नेपाल प्रहरीको टोलए अवैध रुपले भारतबाट भन्सार छली गरेर ल्याइएको ठुलो परिमाणको सामाग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको  टोलीले राजापुर नगरपालिका-७ भालुफाँटाबाट भन्सार छली गरेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको तरकारीजन्य सामाग्री बरामद गरेको हो।

उक्त तरकारीको अवैध तस्करीमा प्रयोग गरिएको सु.प.प्र.०१००१स ५२३५ नम्बरको मालबाहक अटो, भे.४प १६८२ नम्बरको मोटरसाइकल र  दुईवटा साइकलसमेत राजापुर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ। बरामद गरिएको तरकारीजन्य सामाग्री र सवारीसाधनको मूल्य २ लाख १९ हजार ३६० रुपैयाँ बराबरको रहेको प्रहरीले जानकारी जनाएको छ।

त्यसैगरी प्रहरीले बढैयाताल गाउँपालिका-७ कर्णालिपुरबाट भारतबाट ल्याइएको १४ हजार १ सय रुपैयाँ बराबरजो पिय पदार्थ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ। उक्त रकम बराबरको पिय पदार्थ प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले पक्राउ गरेको हो भने प्रहरी चौकी चेपाङको टोलीले बाँसगढि नगरपालिका-१ चेपाङ रत्न राजमार्गबाट भन्सार छली गरेर ल्याइएको ५५ सय २० रुपैयाँको सुपर पावर सुर्ती बरामद गरेको छ। 

अवैध सामाग्री बरामद अभियानकै क्रममा प्रहरी चौकी धनौराबाट खटिएको टोलीले मधुवन नगरपालिका-३ मुक्तकमैया भन्ने स्थानबाट भन्सार छली 

गरि ल्याइएको १७ सय ५० रुपैयाँ बराबरको स्वागत गोल्ड बिडि, सुपर पावर सुर्ती, भाई छाप बिडी, श्यामल सुर्ती, ट्रयाक्टर छाप तमाखु, सिस्टम पान मसला बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।  

यस्तै बर्दियाकै प्रहरी चौकी सुरजपुरको टोलीले गुलरिया नगरपालिका-८ जाजरकोटी टोलबाट अवैध रुपले ल्याइएको ३२ सय ५० रुपैयाँ बराबरको किराना सामाग्री बरामद गरेको हो। जिल्ला प्रहरी बर्दियाका अनुसार बैशाख ४ गते रातिसम्म सम्म बरामद गरिएका सबै अवैध सामाग्री तथा सवारीसाधनलाई आबश्यक कारबाहीका राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्