नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित ११ जना नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौं नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट ११ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। जसअन्तर्गत प्रहरीले झापाको मेचिनगर नगरपालिका(-६ पुरानो मेचिपुलबाट २७ ग्राम १३० मिलिग्राम खैरो हेरोइन  सहित पाँचथर कुम्मायक गाउँपालिका-३ बस्ने २८ वर्षीय अइन्द्र विक्रम खड्कालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३४३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापाको झापा गाउँपालिका-४ टाघनडुब्बाबाट १ ग्राम ४२० मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-५ बस्ने २७ वर्षीय पञ्चम ताजपुरिया र २६ वर्षीय अर्जुन हजाम रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट खैरो हेरोइन ५ ग्राम ७ सय ४० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१४ बस्ने ३९ वर्षीय रमेश परियारलाई  पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले प्र-१-०२-०५१ प १८३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमान चेकपोष्टबाट ४७० मिलिग्राम  खैरो हेरोइन सहित पाचँथर फिदिम नगरपालिका-२ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ ख ६०२७ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमान चेकपोष्टबाट २१ ग्राम ९१० मिलिग्राम  खैरो हेरोइन सहित ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने ४२ वर्षीय सरोज खड्कालाई  प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ ख ६८०३ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

प्रहरीले रूपन्देहीको तिलोत्तमा नगरपालिका-८ चार नम्बर साइकल चोकबाट ब्राउनसुगर  ३० मिलिग्राम सहित सोही नगरपालिका-११ मद्रानी रामटोल बस्ने २६ वर्षीय राज कुमार खौसीयालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी प्रहरीले सुनसरीक्क रामधुनी नगरपालिका-५ बाट १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय आशिष कुमार सरदार र ३० वर्षीय कृष्ण चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका-१८ पिपलडाली बस्ने पर्वत घर भएका ३८ वर्षीय गोपाल पुन मगरलाई नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, फेनारागन १७ एम्पुल र नुर्फिन १७ एम्पुल सहित  प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका-१८ एफ गाउँबाट चरेश ६ सय ५ ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सूर्य बहादुर सुनारलाई आज दिउँसो पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

लागुऔषधसहित पक्राउ परेकाहरुविरुद्ध सम्बन्धित प्रहरी कार्यालय लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्