नेभिगेशन
नेपाल प्रहरी

६ जना क्रिप्टो करेन्सी कारोबारी विराटनगरबाट पक्राउ

विराटनगर । विराटनगरबाट क्रिप्टो करेन्सी कारोबारमा संंलग्न भएको आरोपमा ६ जना युवकहरुलाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-१५ मा रहेको सोहिता कर्णको घरको दोस्रो तलामा भाडा लिएर क्रिप्टो करेन्सीको कारोबार गरिरहेको सूचना पाएर गएको  कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरी कार्यालय रानीबाट गएको टोलीले छापा मार्दा प्रहरीले ६ जनालाई पक्राउ गरेको  जनाएको छ।

पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका-१ का २५ वर्षीय रन्जित कुमार यादव, विराटनगर महानगरपालिका-१६ का ३० वर्षीय जनार्दन यादव र २६  वर्षीय जनार्दन यादव, सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० वर्षीय दिपक मण्डल र सप्तरी घर भएर हाल विराटनगर-१५ बस्ने ३३ वर्षीय संंजीव कुमार मण्डल रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको टोलीले पक्राउ परेका उनीहरुको साथबाट १६ थान मोबाइल, ४४ वटा विभिन्न बैंकका एटिएम,१३ थान भारतीय र १९ थान नेपाली सिमकार्ड, २८ थान विभिन्न बैंकका चेक, रकम जम्मा गरेमा १५ थान विभिन्न बैंकका भौचर, ३ वटा मोटरसाइकल, इलेक्ट्रीक फिङ्गर प्रिन्टका साथै १६ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी मोरङले जानकारी दिएको छ।

पक्राउ परेका उनीहरुसँँग थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्