नेभिगेशन
नेपाल प्रहरी

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दीपक क्षेत्री पक्राउ

रूपन्देही  प्रहरीले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको गरेको आरोपमा ५० वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने ५० वर्षीय दीपक कुमार क्षेत्री रहेका छन्।

रुपन्देही प्रहरीका अनुसार दिपकले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

रुपन्देही प्रहरीले आइतबार साँझ पक्राउ परेका दीपकलाई म्याद थप गरेर घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्