नेभिगेशन
सुरक्षा अपडेट

दानव नदीमा बेपत्ता ३ बालक मध्ये एक बालकको शव भेटियो

काठमाडौं । दानव नदीमा बेपत्ता भएका ३ जना मध्ये एक बालकको शव फेला परेको छ।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा सोमबार दिउँसो पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएका थिए ।

सो मध्ये १४ वर्षीय राज यादवको शव फेला परेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार १३ वर्षीय उमेश यादव, १२ वर्षीय मुनु हरिजन भने डुबेर बेपत्ता भएका थिए ।बेपत्ता दुई जनाको मंगलबार बिहानैदेखि खोजी कार्य गरिने डीएसपी थापाले बताए ।

घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज परिचालन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्