नेभिगेशन
सशस्त्र प्रहरी

दानव नदीमा बेपत्ता थप दुई बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

रुपन्देही । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ। 

सोमबार रुपन्देहीस्थित लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये २ बालकको शव सशस्त्र प्रहरीको गोताखोरले आज  बिहान निकालेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार सोही ठाउँका १३ वर्षीय बालक उमेश यादव र १२वर्षीय मुनु हरीजनको शव फेला परेको हो । सोमबार साँझ नैबेपत्तामध्ये १४ बर्षीय बालक राज यादबको शब भने  फेला परिसकेको सशस्त्र प्रहरीले जनाएको छ।

उनीहरुको खोजीका लागि राति नै सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको थियो । सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइराला र बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र निरीक्षक रामकुमार घिमिरेको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले आज बिहान बेपत्ता भएकै स्थानबाट उनीहरुको शब  फेला पारेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्