काठमाडौं । प्रहरीले किर्ते जालसाजी मुद्दामा एक जना पूर्व वडाध्यक्षलाई पक्राउ गरेको छ। सिराहाको नवराजपुर गाउँपालिका- २ का पूर्व वडाध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।
पूर्व वडाध्यक्ष साहलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार साहमाथि किर्ते जालसाजीको पुरानो मुद्दा रहेको र त्यससम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।
२०८० माघ १९ गते नवराजपुर–२ को पूर्व वडाध्यक्षसमेत रहेका खुशीलाल साहले वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादबको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप समेत किर्ते गरेको मालपोत सम्बन्धी बनाइएको चार किल्ला कागजातमा प्रष्ट देखिएको छ ।
साह स्थानिय तहको पहिलो २०७४ को निवार्चनमा नेपाली काङग्रेसबाट नवराजपुर गाँउपालिका वडा नम्बर २ मा निवार्चित भएका थिए। साहले स्थानिय तहको दोस्रो निवार्चनमा पार्टीले टिकट नदिए पछि नेकपा एमाले प्रवेश गरी गाँपा अध्यक्षमा लडेका थिए। एमालेबाट गाँपा अध्यक्षमा लडेका उनी पराजित भएपछि पुनः नेपाली काङग्रेसमै फर्किएका थिए ।
पूर्व वडा अध्यक्ष साहले वडाको पुरानै लेटरहेड प्रयोग गरी हस्ताक्षर र वडा कार्यालयको सरकारी छाप समेत किर्ते गरी उनको आफनै आमा कुलमतिया देवीलाई चारकिल्लाको सिफारिस गरिएको पाइएपछि घटना बाहिरिएको हो। पुर्व वडाअध्यक्ष साहले मालपोत कार्यालयमा किर्ते गरी कागजात पेश गरी जग्गा आफ्नो नाममा दर्ता गराएको खुलेको हो ।
सरकारी कागजातमा ठगी, कागज किर्ते र आपराधिक मनसायले झुटो विवरण पेश गरी जग्गा आफनो नाममा नामसारी गराएको जानकारी आएपछि आफले २०८०–११–१३ गते ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा सरकारी कागजात किर्ते र ठगी गरेको प्रमाण सहित आवश्यक कार्यवाहीको लागी वडाबाट निवेदन दिएको वडा अध्यक्ष सुरेश कुमार यादवले जनाएको छ।
‘साहले पहिला कै लेटरहेड् प्रयोग गरी मेरो हस्ताक्षर र कार्यालयको सरकारी छाप समेत किर्ते गरेको जानकारी पाएपछि आफूले सबैतिर कारबाहीको लागि निवेदन दिएको छु, उनले भने, ‘यो मान्छे नै जालसाजी छ, उनीमाथि अहिले पनि थानामा ७ वटा भन्दा बढी मुद्दाहरु छ। गल्ती गर्ने मान्छेलाई कानूनले छोड्दैन। म ढुक्क छु काुननले अवश्य न्याय दिने छ।’
साहले सरकारी कागजातमा किर्ते गरेको आरोपमा उजुरी परे पछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) विरेन्द्र पासवानले बताए।
उनले भने, ‘पूर्व वडाध्यक्ष साह उपर निवेदन आएपछि अनुसन्धान थालिएको छ ।’ अनुसन्धानको क्रममा प्राप्त प्रमाण र प्रयोगशालाको प्रतिवेदनका आधारमा साहलाई आज प्रहरीले नियन्त्रणमा लिएको जनाए । साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएजो छ ।