नेभिगेशन
नेपाल प्रहरी

ठगी मुद्दामा फरार रहेका टुर एण्ड ट्राभल्सका सन्चालक अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा

काठमाडौं काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी मुद्दाका फरार प्रतिवादी हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्सका संचालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ६ घर भएर हाल काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं १२ बस्दै आएका २७ वर्षीय ईश्वर लुइटेललाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

भारत, मलेसिया, सिंगापुर र दुबईमा भ्रमण गर्नलाई प्रति व्यक्ति २ लाख ७० हजार  लाग्छ भन्दै ४ जनाबाट जनही उक्त रकमका दरले .१० लाख ८० हजार लिएर नेपालबाट भारत, मलेसिया, सिङ्गापुर हुँदै दुबई पुर्‍याई खाना, बस्न समेतको पैसा नतिरि सम्पर्कविहीन भई ठगी गरेको आरोपमा  ईश्वरलाई पक्राउ गरिएको हो।

साथै अनुसन्धानका क्रममा गुनु लामाले प्रहरी बृत्त सिंहदरबारमा ६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा दिए पश्चात् ईश्वर फरार रहदै आएको पाइएको हो।

पक्राउ परेका ईश्वरलाई ठगी सम्बन्धी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको  अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्