नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल नं.१२ गण बाराले विभिन्न कार्यक्रम गर्दै मनायो आफ्नो १८ औं स्थापना दिवस

बारा । सशस्त्र प्रहरी बल नं.१२ गण बाराले आफ्नो १८ औं स्थापना दिवस धुमधामले  मनाएको छ।सशस्त्र प्रहरी बल नं.२ छिन्न्मस्ता बाहिनी प्रमुख डीआईजी कालीदास धौवजीको  प्रमुख आतिथ्यता तथा  सशस्त्र प्रहरी बल नं. १२ गणका गणपति एसपी खुम केसीको अध्यक्षतामा आज बारास्थित गणमा आयोजित स्थापना दिवसमा विभिन्न कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल नं.१२ गणले जानकारी दिएको छ।

स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी धौवजीले देश र जनताको सुरक्षाको लागि अहोरात्र खटिएर  सशस्त्र प्रहरी बल नं.१२ गण बाराले राज्यले दिएको जिम्मेवारीलाई उत्कृष्ट तवरले निभाएकोप्रति प्रशंसा गरेका थिए।

साथै डीआईजी धौवजीले सशस्त्र प्रहरी बलको परिचालनको नीतिलाई आत्मसाथ गरी संगठनको भिजन अनुसार सीमा सुरक्षा, आन्तरिक सुरक्षा र राजस्व संकलनको अवधारणालाई प्राथमिकतामा राखी प्रभावकारी ढंगले संगठनको उद्धेश्य प्राप्तिको लागि उच्च मनोबल एवं कार्यकुशलता प्रदर्शन गर्न सशस्त्र प्रहरी नं.१२ गणका गणपतिसहित सकल दर्जालाई निर्देशन दिएका थिए।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी  बसन्त अधिकारीले स्थापना दिवसको शुभकामना दिदै सशस्त्र प्रहरी बलसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताउँदै सशस्त्र प्रहरी बल नं.१२ गणले गरेको कार्यको प्रसंशा गर्न लायक रहेको बताए। 

साथै उनले सशस्त्र प्रहरी बाराको आन्तरिक सुरक्षा लगायत सीमा सुरक्षाप्रतिको कार्यका लागि विशेष गरेर गणपति  र गणका सबै कर्मचारीलाई आभार प्रकट गरे। आगामी दिनमा पनि सशस्त्र प्रहरी बल नं.१२ गणले कटिबद्ध र ब्यवसायीक रही जिम्मेवारी निर्वाहमा निरन्तर योगदान दिई अब्बल रुपले आगामी दिनमा अझै उर्जावान भएर काम गर्नेमा विश्वास लिएको प्रजिअ अधिकारीले बताए।

सशस्त्र प्रहरी बल नं.१२ गणका अनुसार आजको स्थापना दिवसमा  केक काटेर सुरु कार्यक्रम सुरु गर्दै शहिद परिवारहरुलाई सम्मान गरिनुका साथै उत्कृष्ट कार्य र बिभिन्न विधातर्फको खेलमा प्रथम हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो। 

बिभिन्न साँस्कृतिक झलक समेत देखाइएको कार्यक्रममा राजनीतिक दल, उद्योग व्यवसायी, पत्रकार, सरकारी कर्मचारी, शहिद परिवार, पूर्व शस्त्र प्रहरी, गण तथा मातहतमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार सशस्त्र प्रहरी कर्मचारी तथा जवानहरुको उपस्थिती रहेको सशस्त्र प्रहरी बल नं.१२ गण बाराले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्