नेभिगेशन
सुरक्षा विशेष

भारतमा आतंकवादीको हमलामा मारिएका सुदीपको शव बुटवल ल्याइयो

काठमाडौं । भारतमा आतंकवादीको हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाल प्रशासनको जिम्मा लगाएको छ।

भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीपको शवलाई भारतीय पक्षले नेपाली प्रशासन मार्फत परिवारलाई जिम्मा लगाएको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा आज बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको  बताए । उनले भने,‘आज बिहान हाम्रो रोहवरमा भारतीय पक्षले शवलाई परिवारको जिम्मा लगाएको हो।’

बुटवल उपमहानगरपालिका होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए । उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो । 

बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले अहिले शव बुटवलको कालिका नगरमा ल्याइएको जानकारी दिए ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्