नेभिगेशन
नेपाल प्रहरी

जिल्ला प्रहरी बाँकेका तीन जना वरिष्ठ सईले लगाए दर्ज्यानी चिन्ह

बाँके जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत रहेका तीन जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) ले दर्ज्यानी चिन्ह पाएका छन् ।

केही दिनअघि प्रहरी नायब निरीक्षक (सई) बाट वरिष्ठ सईमा बढुवा भएका पूर्ण बहादुर वली,नन्दराम अधिकारी र हरि बहादुर बगालेले जिल्ला प्रहरी कार्यालय बाँकेमा आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक पातलीले वरिष्ठ सई वली, अधिकारी र बगालेलाई दर्ज्यानी चिन्ह प्रदान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्