नेभिगेशन
सुरक्षा अपडेट

मन्दिर दर्शन गरेर फर्किदै गरेको मोटरसाइकल दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

बुटवल । मन्दिरबाट दर्शन गरेर फर्किदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाको वालिङ नगरपालिका वडा नं ८ का ६० वर्षीय मोटरसाइकल चालक डम्बरबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ । 

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीको मालारानी गाउँपालिकावडा नं ५ बागी बस्ने २६ वर्षीय सुनिता खड्का घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घाइते खड्काको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको र खत्रीको शव सोही अस्पतालमा राखिएको छ ।  

उनीहरु आइतबार अर्घा मन्दिरबाट सन्धिखर्कतर्फ आउँदै गर्दा लु६०प ९७८५ नम्बरको मोटरसाइकल सन्धिखर्क नगरपालिका वडा नं १० मा अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्