नेभिगेशन
नेपाल प्रहरी

बर्दिया र कोहलपुरका डीएसपी ऋषिराम र धर्मराजको बिदाई

काठमाडौं  जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी ऋषिराम घर्ती मगर र बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका डीएसपी धर्मराज भण्डारीको बिदाई गरिएको छ।

नेपाल प्रहरीको सरुवा अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा भएका मगरलाई जिल्ला प्रहरी बर्दिया  र सीआईबीमा सरुवा भएका डीएसपी भण्डारीको इलाका प्रहरी कार्यालय कोहलपुरले बिदाई गरेको हो।

बिदाई तथा फेरि भेटौला कार्यक्रम अन्तर्गत आइतबार उनीहरुलाई बिदाई गरिएको सम्बन्धित प्रहरी कार्यालयले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियामा चक्र डम्बर पाल र इलाका प्रहरी कार्यालय कोहलपुरमा लक्ष्मी खनालको सरुवा भएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्