नेभिगेशन
विपद

चट्याङ लागेर काम गरिरहेका दुई मजदुरको मृत्यु

काठमाडौं  चट्याङ लागेर काम गर्दै गरेका दुई जनाको मृत्यु भएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा हावाहुरीसहितको आएको वर्षामा चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका ९ जनामध्ये बाँकी ७ जना भने सकुशल रहेको बताइएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोली घटनास्थलतर्फ गएको कास्की प्रहरीले जानकारी दिएको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्त शर्माले भने, “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ ।  त्यहाँबाट पैदल ५ घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।”

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्