नेभिगेशन
सशस्त्र प्रहरी

शान सशस्त्र प्रहरीको: लोबुचे हिमालको शिखरमा फहरायो सशस्त्र प्रहरीको झण्डा

काठमाडौं सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराएका   छन् ।

उनले आज विहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन् । सशस्त्र प्रहरी जवान विजय जंंगम लोबुचे हिमाल आरोहणका लागि यही बैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।  
पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरुमा खोज तथा उद्वार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिंदै आइरहेको छ ।

मनाङ जिल्लामा रहेको पर्वतीय उद्वार तालिम शिक्षालयमा समेत हिमाली खोज तथ उद्वार गर्नसक्ने जनशक्ति उत्पादनको लागि तालिम संचालन भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्