नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको साढे ४२ लाख बढी नगदसहित भारतीय युवक चन्द्रौटा प्रहरीको नियन्त्रणमा

कपिलवस्तु। प्रहरीले श्रोत नखुलेको साढे ४२ लाख रुपैयाँ बढी नगदसहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ।

कपिलवस्तु प्रहरीले शिवराज नगरपालिका-५ ग्यालेक्सीटोल डेरा गरी बस्ने भारतको बलरामपुर तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमारलाई स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय नेपाली रूपैयाँ र १६ हजार ५ सय ९० भारतीय रूपैयाँ सहित पक्राउ गरेको हो।

कपिलवस्तु प्रहरीका अनुसार वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा खानतलासी गर्दा रकम बरामद गर्दै आशिषलाई पक्राउ गरेको हो।

आइतबार पक्राउ परेका आशिषविरुद्ध म्याद थप गरेर थप आबश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्