नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रोत नखुलेको लाखौं रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको ११ लाख नेपाली रूपैयाँ र ८२ हजार ५ सय भारतीय रूपैयाँ सहित भारतीय नागरिक नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४५ वर्षीय सौरभ ठकुराल रहेको प्रहरीले जानकारी दिएको छ।  पक्राउ परेका सौरभ

एयर ईन्डियाको उडानबाट काठमाडौंदेखि दिल्ली जान लागेका बेला चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

आइतबार पक्राउ परेका सौरभलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्