नेभिगेशन
नेपाल प्रहरी

दाङको सवारी ज्यान मुद्दाका फरार सहचालक ९ वर्षपछि पक्राउ

तुलसीपुर प्रहरीले ९ वर्षपछि सवारी ज्यान मुद्दामा फरार भएका एक प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। दाङ प्रहरीले फरार रहेका तुलसीपुर उपमहानगरपालिका १५ मलवारका ३६ वर्षीय कृष्णबहादुर चौधरी पक्राउ गरेको हो। दुर्घटना हुँदा बसका सहचालक रहेका चौधरीले बस चलाएका बेला बसको ठक्करबाट एक युवकको मृत्यु भएको थियो।

घटना वि.सं. २०७२ मंसिर १७ गतेको हो। कृष्णले चलाएको ना ५ ख ७३१९ नम्बरको बसले रा ३ प २७२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रूकुम पश्चिम घर भई तुलसीपुर वडा नम्बर ५ नयाँ बसपार्क बस्दै आएका २१ वर्षीय विद्यार्थीको मृत्यु भएको थियो। मृतक विद्यार्थी राप्ती बबई क्याम्पसमा अध्यनरत रहेको प्रहरीले जानकारी दिएको छ।

त्यस दिन बस कृष्णले नै चलाएका थिए।  घटना दिउँसो १ बजेतिर तुलसीपुर वडा नम्बर ६ गुम्ह्राचोकमा भएको थियो।  

मृतक विद्यार्थीले  अहिले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक विजय डाँगीलाई बसमा छोडेर घरतर्फ फर्किंदै गर्दा सहचालक कृष्णले चलाएको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार बसले ठक्कर दिएपछि फेरि ब्याक गरेर बसले किचेर मारेको बताइएको घटनामा कृष्ण त्यस लगत्तै फरार भएका थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्