नेभिगेशन
सुरक्षा विशेष

गृह मन्त्रालयले गर्‍यो ३ जिल्लाका सीडीओको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले ३ जिल्लाका सीडीओको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकले निर्णय गर्दै ३ जिल्लाका सीडीओको सरुवा गरेका हुन् ।

गृहले तनहुँका सीडीओ श्यामकृष्ण थापाको सरुवा गरेको छ। थापाको स्थानमा गृह मन्त्रालयको प्रशासन शाखाका सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको सीडीओ बनाएर सरुवा गरिएको छ।

तनहुँका सीडीओ थापालाई रामेछापको सीडीओ बनाएर पठाइएको छ भने गृह मन्त्रालयमा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको सीडीओ बनाएर पठाइएको छ ।

त्यस्तै दैलेखका सीडीओ नवराज जैसीलाई गृह मन्त्रालयमा तानिएको छ। रामेछापका सीडीओ राजुप्रसाद पौडेल पनि मन्त्रालय तानिएका छन् । उनीहरु दुबै जना सहसचिव दरबन्दी भएको स्थानको सीडीओ अन्तर्गत उपसचिव भएर सीडीओका रूपमा कार्य गर्दै आएका थिए।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्