नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ। २०८१- बैशाख १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा फरार प्रतिवादी नियन्त्रणदेखि लागुऔषध बरामद अभियान तथा कारोबारी पक्राउ लगायत जिल्लाको शान्ति सुरक्षामा तदारुकताका साथ लागेर अपराध नियन्त्रण तथा अवैध सामाग्री बरामदका कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय करोडौं रुपैयाँको अवैध सामाग्री बरामद गरेको हो।
उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय बाँकेले ६ सय १५ फरार प्रतिवादीलाई पक्राउ गर्दै ५ करोड ९१ लाख ५४ हजार ५३१ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गर्न सफल भएको एसपी तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।
उक्त अवधिमा एसपी कार्कीको नेतृत्वको बाँके प्रहरीले अव्वल कार्य एक उदाहरण बन्न सफल भएको छ भने एसपी कार्कीले अव्वल कार्य गर्दै बाँकेबाट बिदा हुँदैछन्।
के-के गरे एसपी कार्कीले? आफ्नो कार्यकालमा यी हुन् उनले गरेका कार्यहरु-
अपराध नियन्त्रणतर्फको कारवाही-
१- ५ करोड ९१ लाख ५४ हजार ५३१रुपैयाँ बराबरको अबैध भन्सार छलिको सामान, एउटा ट्रक, एउत माईक्रो बस, ५ वटा जिप, २ वटा कार, २३ वटा मोटरसाईकल र १७ जना मानिस पक्राउ गरी सम्बन्धित निकाय पठाईएको थियो।
२- प्रतिवन्धित भारतिय रुपैया ५०० दरका ६५० वटा र २०० रुपैयाँको ३१६ वटा गरी जम्मा भारतीय रुपैया ३ लाख ८८ हजार २००- (ने.रु. ६,२१,१२०।-) बरामद गरि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको थियो।
३- ट्राफिक कारवाही तर्फ ३३ हजार ८५६ वटा सावरी साधनलाई कारवाही गरी रु. २ करोड ९२ लाख ८२ हजार राजस्व संकलन गरिएको।
४-अबैध रुपमा भारतबाट ल्याईएका करिव १५ लाख ६९ हजार ४४५ रुपैयाँ मुल्य बराबरको ब्रोईलर कुखुराको चल्ला, मासु र कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंजमा पठाईएको ।
५-अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ८ वटा जेसीबी २३ वटा टिपर र १६ वटा ट्याक्टरलाई नियनत्रणमा लिई सम्बन्धित निकायमा पठाईएकोमा रु. १ लाख ८७ हजार जरिवाना गरिएको।
६- सवारी धनि नखुलेका १२१ वटा मोटरसाइकल र स्कुटर लिलाम गरि ६ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरिएको।
अपराध अनुसन्धानतर्फको कारवाही-
१- १६ सय ३२ वटा मुद्दा दर्ता भएकोमा १४ सय ७८ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको।
२- ५ सय ५४ वटा पेण्डिङ मुद्दाहरु फछर्छौट गरिएको।
३- ६ सय १५ जना फरार अपराधी पक्राउ गरीएको, जसबाट २५३ वर्ष ८ महिना १२ दिन कैद र २ करोड १४ लाख ४७ हजार ६७५ रुपैयाँ जरिवाना असूल उपर गरिएको ।
४- ठाडो उजुरीतर्फ ५४ सय ४१ वटा प्राप्त भएको ४९ सय ०५ फर्छ्यौट भएकोमा र ५ सय ६३ वटा बाँकी निबेदन फर्छ्यौट प्रक्रियामा रहेको।
५- लागुऔषध ओसारपसारबिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी २ किलो २३९ ग्राम ५९३ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १८ सय ९१ ट्याब्लेट, ट्रामाडोल ६५ सय १३ ट्याब्लेट, चरेश ४ किलो ४ सय ४४ ग्राम, २ किलो २५० ग्राम गाँजा सहित २ सय ४७ जना ओसारपसार कर्ताहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
७- जिल्लाका विभिन्न स्थानबाट हराएका ३८ वटा मोटरसाइकल, एउटा स्कुटर र एउटा साइकल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको ।
८- हराएका १ सय ४४ थान मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको ।
त्यसैगरी २०८१-०३-२८ गते हुण्डी कारोबारमा संलग्न ३ जनालाई नगद २४ लाख ६२ हजार ३१५ रुपैयाँ सहित पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
९- मिति २०८०-०१-२९ गते समुदरानी थारुको घाँटी रेटि हत्या गरी फरार रहेका शैलेन्द्र थारुलाई मिति २०८१-०३-१४ गते पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
१०- www.tab66.com, www.himabet.com www.metabet.com बाट अनलाईन सट्टेवाजी (जुवा) खेल्ने खेलाउने १५ जना मानिसहरु पक्राउ गरी कानूनी दायरामा ल्याईएको।
११- यस्तै २०८१-०५-१० गते सुन ४ सय ७ ग्राम, चाँदी १० किलो ६ सय १३ ग्राम अवैध सुन चाँदी सहित ४ जनालाई पक्राउ गरि कानूनी दायरामा ल्याईएको।
१२- त्यसैगरी ४० लाख १० हजार २५५ नेपाली रुपैयाँ र भारततीय ५९ हजार ५ सय रुपैयाँ सहित ७ जना हुण्डी कारोबारी पक्राउ गरि कानूनी दायरमा ल्याईएको ।
१३-मिति २०८१-०६।-२७ र २८ गते नाबालिकालाई समुहिक करणी गर्ने ५ जना मानिसलाई पक्राउ गरि कानूनी दायरामा ल्याईएको ।
१४- २०८१-०६-२७ गते पुरुष ब्यक्तिको घाँटी रेटि टाउको लुकाई फरार रहेका ब्यक्तिलाई ४८ घण्टा भित्र नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडी बढाईएको ।
१५- जमिन मुनिबाट सुन निकालिदिन्छु भनि २ करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईएको ।
१६- नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ७ जना पक्राउ।
१७- बिवाहमा युवकलाई कर्तब्य गरि मार्ने ६ जना पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाईएको ।
१८- ईरसाद कवडियालाई खुकुरी प्रहार गरि कर्तब्य गर्ने २ जना मानिस पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाईएको ।
१९- बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी १ करोड २३ लाख रकम ठगी गर्ने ब्यक्ती पक्राउ ।
२४- सवारी दुर्घटना गरि फरार भएका मानिस पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाईएको ।
महिला बालबालिकासंग सम्बन्धित अपराध अनुसन्धानतर्फको कारवाही-
१- १ सय ५३ वटा मुद्दा दर्ता भएकोमा ९७ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
२- घरेलु हिंसा सम्बन्धि ६ सय २२ वटा उजुरी प्राप्त भएकोमा ४ सय २६ वटा फर्छ्यौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको ।
३- हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ४ सय ६९ वटा निबेदन प्राप्त भएकोमा २ सय ३९ जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेको ।
४-अलपत्र अवस्थामा १ सय २४ जना महिला बालबालिका तथा जेष्ठ नागरिकलाई फेला पारी उद्दार गरिएको र १ सय ६ जनालाई संरक्षणको लागी संस्थामा पठाइएको।
५-सीमा नाकाहरु बाट ६ सय ४४ जना महिला तथा बालबालिका तथा जेष्ठ नागरिकहरुलाई उद्दार गरिएको।
समुदाय प्रहरी सहकार्यतर्फको गतिविधी
१- समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी ८ सय ८२ वटा सचेतनामुलक कार्यक्रम मध्ये लागुऔषध सम्बन्धि सचेतना, साईबर अपराध सचेतना, मानव बेचबिखन सम्बन्धि, आत्महत्या सम्बन्धि, अल्पशंख्यकसंग प्रहरी, नागरिक सुनुवाई र चोरी सम्बन्धि सचेतना लगायतका कार्यक्रम संचालन गरिएको।
२- ट्राफिक सचेतना तर्फ २३ सय ३९ वटा सचेतनामुलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईट) संचालन गरीएको ।
३ नेपालगन्ज उप-महानगरपालिकाको सहकार्यमा "लागु औषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध एकिकृत अभियान २०८१" संचालन गरिएको। (जनचेतना मुलक होर्डिङ बोर्ड स्थापना, पुर्व लागू औषध प्रयोगकर्ताहरु संग खेलकुद प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, सडक नाटक, डग स्निफिङ, रेडियो जिंगल प्रशारण लगायतको मम्पर्ण कार्य सम्पन्न भाएको।
यस अवधिमा जिल्ला प्रहरी कार्यालय बाँके जिल्लाभरबाट उत्कृष्ट हुने इकाईलाई ' उत्कृष्ट इकाई' र प्रहरी कर्मचारीलाई समेत पुलिस अफ द मन्थ घोषित गर्ने कार्यको सुरुवात गरिएको एसपी कार्कीले जानकारी दिएका छन् ।
सोमबार एसपी कार्कीको प्रदेश प्रहरी कार्यालय पोखराको आर्थिक प्रशासन शाखामा सरुवा भएको छ। केहिदिन पछि उनी बाँकेबाट बिदाई हुँदैछन् भने उनको स्थानमा एसपी रामप्रसाद घर्तीमगर आउन लागेका छन्।