नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीको ठगीमा ७ वर्ष जेल बसेर छुटेका व्यक्ति मानव बेचबिखनमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगेको कसुरमा ७ वर्ष जेल बसेर निस्केका पुरुष पुनः बेचबिखन मुद्दामा पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–८ घर भएका ४२ वर्षीय मनोज महर्जनलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रले बताए ।
महर्जनले दुबईमा पठाएर बन्धक बनाउँदै यौन शोषण गरेको सुराक पाएपछि प्रहरीले २८ वर्षीया युवतीको उद्धार गरेको छ ।

सम्बन्धित निकायसँग समन्वय गरेर २०८० चैत २९ मा पीडितलाई दुबईबाट उद्धार गरेर काठमाडौँ ल्याएको एसपी मिश्रले जानकारी दिए ।

पीडित युवतीलाई आरोपीले दुबईमा टिस्यु पेपेर प्याक गर्ने कम्पनीमा जागिर मिलाइदिने आश्वासन दिएर काठमाडौँबाट पठाएका हुन् । भिजीट भिसामा त्यहाँ लगेर यौन शोषण गरेको पीडितको आरोप छ । असार ७ मा आरोपीलाई गौशालाबाट पक्राउ गरेर मानव बेचबिखन मुद्दामा अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्