नेभिगेशन
विपद घटना

नारायणी नदीको बाढीमा फसेका ५८ जनाको सकुशल उद्धार

चितवन । चितवनस्थित नारायणी नदीको बाढीमा फसेका ५८ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संंयुक्त टोलीले सकुशल उद्धार गरेको छ।  भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको गएराति पौने ११ बजे सकुशल उद्वार गरेको सशस्त्र प्रहरीले जनाएको छ।

वर्षाको कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्वार गरी सुरक्षित स्थानमा सारेको हो ।  

त्यस्तै पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करिब ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ ।

माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र  प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको  गोताखोरले गएराति सवा १० बजे सकुशल उद्वार गरेको हो । घटना बारे जानकारी पाए पश्चात् कुरिनटारबाट गोताखोर पठाइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्