नेभिगेशन
अदालत

बालबालिकालाई झुक्याएर भारत बेच्न लैजान खोज्ने ३ जना जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखन गर्ने उदेश्यका साथ बालबालिकालाई भारत लैजाने समूहका ३ जनालाई जेल पठाएको छ।

आज काठमाडौं अदालतले सो गिरोहका इन्दिरा कटुकाल , डिल्लीबहादुर तामाङ र सम्बरबहादुर तामाङलाई जेल पठाएको हो।

ललितपुरबाट पक्राउ परेका उनीहरुले गरिब बालबालिकालाई प्रलोभन देखाएर पोखराको एक होटेलमा वेटरको काम दिने भन्दै झुक्याएर भारततर्फ बेच्ने उदेश्यले लगेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले उनीहरु तीन जना मध्ये इन्दिरा र सम्बरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सो समूहका डिल्लीलाई २ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो। डिल्लीले धरौटी बुझाउन नसक्दा डिल्लीसहित तीनै जना केन्द्रीय कारागार सुन्धारा लगिएको हो।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्