नेभिगेशन
सुरक्षा अपडेट

कांग्रेस केन्द्रीय कार्यालयमै नेविसंघका केन्द्रीय सदस्यमाथि कुटपिट

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य निराजन नेपालमाथि आक्रमण भएको छ।

आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा स्ववियु परिषद नेपालका अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य नेपाललाई सन्जय बुढाथोकी नेतृत्वको समूहले कुटपिट गरेको बताइएको छ। 

के कति कारणले नेपालमाथि कुटपिट भएको भन्ने बारेमा केही बताइएको छैन । कुटपिटब नेता नेपालको नाकमा चोट लागेको छ। उनको स्टार हस्पिटलमा उपचार गरिएको हो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्