नेभिगेशन
नेपाल प्रहरी

रुपन्देहीबाट साढे ३ लाखको अवैध सामान बरामद

रुपन्देही। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध रुपमा ल्याइएको साढे ३ लाख रुपैयाँ  बराबरको सामानसहित मोटरसाइल बरामद गरेको छ।

रुपन्देही प्रहरीको टोली भारतबाट ल्याइएको ९ सय किलो बोइलरको मासु, ५ बोरा सुर्तीजन्य पदार्थमा प्रयोग हुने केमिकल, साढे २ क्विन्टल प्याज र अवैध ओसारपसारमा प्रयोग भएको लु२०प १२८५ नम्बरको अवैध सामान बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरीले असार २२ र २३ गते बरामद गरेका सबै अवैध सामानलाई भैरहवा भन्सार बुझाएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्