नेभिगेशन
ट्राफिक प्रहरी

दुर्घटना न्यूनिकरणका लागि बाँकेमा ट्राफिक सचेतना कार्यक्रम

बाँके । जिल्ला ट्राफिक प्रहरी बाँकेले दुर्घटना न्यूनिकरणका लागि सचेतना कार्यक्रम गरेको छ। 

बाँके ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना अन्तर्गत चालक, सह-चालक, विद्यार्थी , पैदलयात्री लगायतलाई ट्राफिक नियम, लेन अनुशासन, दुर्घटना लगायतका बारेमा सचेतना कार्यक्रम गरेको बाँके ट्राफिक प्रमुख गोपीकृष्ण सुवेदीले जानकारी दिएका छन् ।

विशेष गरेर स्कुले विद्यार्थीहरुलाई यो नियम जानकारी गराउन चालकलाई सगै लिएर विद्यार्थीहरुबिच दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम गरेको सुवेदीले बताए।

ट्राफिक प्रमुख सुवेदीका अनुसार यो कार्य जिल्लाभर निरन्तर रहिरहने र दुर्घटना न्यूनिकरणका लागि जिल्लाभर ट्राफिक सचेतना सम्बन्धि पोस्टर तथा पम्लेट वितरण गरिरहेको अवस्था छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्