नेभिगेशन
विपद घटना

काभ्रेमा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका कमल बिकको शव भेटियो

काठमाडौं । खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएका  ४५ वर्षीय कमल बिकको शव फेला परेको छ।

जिल्लास्थित रोशी गाउँपालिका-१ सानो भुक्देउ खोला तर्दै गरेका कमललाई खोलाले बगाएर बेपत्ता पारेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

आफ्नी छोरी र श्रीमतीसँँगै आइतबार साँझ ७ बजेतिर खोला तर्दै गरेका कमललाई खोलाले बगाएको थियो। खोजतलासका क्रममा आज उनको शव बगाएको स्थानभन्दा दुई किलोमीटर तल फेला परेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

स्थानीयहरुले कमलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्