नेभिगेशन
नेपाल प्रहरी

टेकु सर्यो उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौं । जिल्ला प्रहरी परिसर भद्रकालीको आफ्नै भवनमा सरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ। अपराध अनुसन्धान कार्यालय परिसर बसेको स्थानमा सरेको हो।

मिनभवनमा भाडामा बस्दै आएको अपराध अनुसन्धान कार्यालय सरेर आज बिहानदेखि टेकुबाट काम सुरु गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आजदेखि जिल्ला प्रहरी परिसर भद्रकालीस्थित आफ्नै ८ तले भवनमा सरिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्