नेभिगेशन
नेपाल प्रहरी

पर्साबाट पौने २ करोड बढीको अवैध सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

पर्सा। पर्सा प्रहरीले पौने २ करोड बढी अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ। 

प्रहरीको चेकजाँच का क्रममा बिल बिजक भएपनि सबै सामानहरु शंकास्पद देखिएको भन्दै १ करोड ८९ लाख रुपैयाँ बराबरको सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय जनाएको छ।

पर्सा प्रहरीले नियन्त्रणमा लिइएको सबै सामानसहित ट्रकलाई आबश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्