नेभिगेशन
नेपाल प्रहरी

हाइसमा लुकाएर ल्याउँदै थिए दुई युवकले लागुऔषध, पक्राउ परे प्रहरीको छ्ड्के चेकिङमा

पोखरा । नेपाल प्रहरीको टोलीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। स्याङ्जा प्रहरीले पोखरा महानगरपालिका वडा नं.१६ का ३४ वर्षीय कमल भण्डारी र पोखरा-२० बस्ने ३७ वर्षीय सन्तोषबहादुर नेपालीलाई  लागुऔषधसहित स्याङ्जाबाट पक्राउ गरेको हो।

उनीहरु मंगलबार लागुऔषधसहित स्याङ्जा, वालिङ नगरपालिका वडा नं.१० फूलबारीस्थित सिद्धार्थ राजमार्गबाट पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट लागूऔषध ३८ एम्पुल नोर्फिम, २२ एम्पुल फेनारगन र ३५ एम्पुल डाइजापाम बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार वडा प्रहरी कार्यालय वालिङबाट छड्के चेकिङमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३७४२ नम्बरको हाईस जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको डीएसपी रानाले बताए ।उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्