नेभिगेशन
सशस्त्र प्रहरी

विपद्को साथी सशस्त्र प्रहरी: सिराहामा कमला नदीको बीचमा फसेका ६ जनाको उद्धार

सिराह। सशस्त्र प्रहरीले सिराहको कमला नदीमा फसेका ४ जनाको सकुशल उद्धार गरेको छ। जिल्लाको कल्याणपुर-६ भोक्रहास्थित कमला नदीमा फसेका सोही स्थानका ४ जनालाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको कल्याणपुर बेसबाट गएको टोलीले ट्युब बोटको सहाराले दाउरा लिन गएको बेला एक्कासी नदीमा पानीको बहाब बढेपछि नदीको बीच भागमा फसेका सोही स्थानका  ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम र ३५ वर्षीय अलादिन राईको आज दिउँसो  सकुशल उद्धार गरेको हो।

त्यस्तै सशस्त्र प्रहरीले आज बिहान कमला नदीको बीचमा फसेका कमला नगरपालिका-७ का ३० वर्षीय विश्नुदेव गोइत र २९ वर्षीय श्यामकुमार महतोलाई आज बिहान सकुशल उद्धार गरेको थियो।

उनीहरु जेसीबीसहित पानी चयानलाइज गर्ने क्रममा एक्कासी पानीको बहाब बढेपछि जेसीबीसहित नदीमा फसेका हिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्