नेभिगेशन
विपद

पहिरोमा पुरिएर पोखराका २२ वर्षीय युवकको मृत्यु, आमा कमलाको सकुशल उद्धार

कास्की । वर्षासँँगै गएको पहिरोले घर पुरिँदा पोखरामा एक युवकको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.२७ सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापा हुन् ।

आज बिहान करिब ४ बजे सहेलापाटास्थित घरमाथिबाट आएको पहिरोले मनबहादुर थापाको घर पुरिएको थियो ।

सोही पहिरोले पुरिएर मनबहादुरका छोरा भीमको घटनास्थलमै मृत्यु भएको हो ।

सोही घटनामा परेकी मृतककी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्