नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमै रहने

काठमाडौँ । भारतको  दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमै रहने भएका छन् । उच्च अदालतले दिल्ली मदिरा घोटालामा मुछिएका केजरीवाललाई जमानतमा रिहा गर्न इन्कार गरेको हो । 

उच्चले घोटाला काण्डमा सही ढङ्गले बहस हुन नसकेको भन्दै जमानत दिन अस्वीकार गरेको हो । 

यसअघि तल्लो अदालतले भने उनलाई जमानत दिएको थियो । 

त्यसलगत्तै प्रवर्तन निर्देशालय (ईडी)ले उच्च अदालतमा रिट हालेको थियो । सोका आधारमा उच्च अदालतले तत्ललो अदालतको जमानत रद्द गर्दै तिहाड जेलमै पठाउन आदेश दिएको हो । 

उनलाई तल्लो अदालतले २० जुनमा जमानत दिएको भए पनि २१ जुनमा ईडीले उच्च अदालतमा निवेदन दिएको थियो । त्यसपछि केजरीवालको जमानत रोकिएको थियो । अब बुधबार सर्वोच्च अदालतमा केजरीवालको जमानतबारे फैसला हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्