नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको ३८ लाख रुपैयाँसहित माधव श्रेष्ठ पक्राउ

काठमाडौं  । जिल्ला प्रहरी परिसर काठमाडौंले श्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको छ।

३८ लाख रुपैयाँसहित पक्राउ पर्नेमा चितवनस्थित भरतपुर महानगरपालिका-१५ गणेशटोल का ४८ वर्षीय माधव श्रेष्ठ रहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

विशेष सूचनाका आधारमा पक्राउ गरेको परिसरको टोलीले उनीबाट नगद ३८ लाख रुपैयाँ, स्कुटर र एउटा मोबाइल बरामद गरेको हो।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्