नेभिगेशन
सुरक्षा अपडेट

बाराको पसाह पुलमा बस पल्टियो, १४ जना घाइते, एकको अवस्था गम्भीर

बारा। बारामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान बाराको पसाह खोला नजिक बस पल्टिएर १४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।दुर्घटनाका घाइतेहरुको प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको हो। घाइतेहरुलाई सशस्त्र प्रहरीले आफ्नै गाडीमा राखेर अस्पताल पुर्याएको थियो।

प्रहरीका अनुसार आज बिहान मलंंगवाबाट वीरगन्ज जाँदै गरेको ना४ख ७१९४ नम्बरको बस भारी वर्षा हुँदै गरेको समयमा अत्यधिक गतिमा रहेको बेला ओभरटेक गर्दै गर्दा पसाह खोला नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनाका १४ जना घाइतेहरुमध्ये बिन्दावन नगरपालिका-१ की ४२ वर्षीया संंझा देवीको अवस्गा,गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि पर्सा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ। अन्य घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा बारा निजगढ नगरपालिका ९ का २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४० वर्षीय नवराज आचार्य, बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ बस्ने २२ वर्षीय आशा तामाङ, बाराको कलैया उपमहानगरपालिका १३ बस्ने २५ वर्षीय रिकदेव प्रसाद यादव, रौतहटको गरुडा नगरपालिका ९ बस्ने ३३ वर्षीय लालबुबा दास रहेका छन् ।

त्यसैगरी बाराकै निजगढ नगरपालिका-९ कै ३६ वर्षीय तिरजा उपरेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ का २० वर्षीया लक्ष्मी घिसिङ घाइते छन् । प्रहरीका अनुसार  सोही स्थानका २४ वर्षीय कैलाश यादव, सोही स्थानका ३२ वर्षीय राम उदगर साह, सोही स्थानका १७ वर्षीय राकेशकुमार यादव र बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीको अवस्था पनि सामान्य रहेको छ। घाइते सबैको सिमरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

मंंलगवा नगरपलिका-९ का ४५ वर्षीय बस चालक जयनारायण महतो फरार भएपछि प्रहरीले मंंलगवा-१० का २८ वर्षीय सहचालक राकेशकुमार शाहलाई नियन्त्रणमा थप अनुसन्धान सुरु गरेको जनाएको छ। 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्