नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

विद्यालय भवन भत्किँदा सय जना पुरिए

काठमाडौं । विद्यालय भवन भत्किँदा सय जना पुरिएका छन् ।नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित १०० जना पुरिएका हुन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।

नाइजेरियाली अखबार 'पञ्च' ले मृत्यु हुनेको संख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ। शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कूलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित सय जना फसेका थिए ।

नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी वा नेमाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘मृत्युको सही संख्या पुष्टि भइरहेको छ।

हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्