नेभिगेशन
सुरक्षा अपडेट

गैंडाकोटको नारायणी किनारमा भेटिएको एउटा शव त्रिशुलीमा बेपत्ता यात्रु रमित माझी भएको पुष्टि, अर्को शवको पहिचान भएन

काठमाडौं । आज दिउँसो नवलपरासी पूूर्वको गैंडाकोट नगरपालिकाको नारायणी नदी किनारमा फेला दुई शव मध्ये एक जनाको सनाखत भएको छ।

चितवन प्रहरीका अनुसार एक जना रौतहट सर्लाहीको बरहथवा नगरपालिका- ३ का १९ वर्षीय रमित कुशर माझीको हो। रमितको शवलाई उनका बुवा रविन्द्र कुशर माझीले सनाखत गरेको चितवन प्रहरीए जानकारी दिएको छ। अर्को शवको पहिचान अझै हुन सकेको छैन।

दुबै शबलाई चितवन जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।

मृतक रमित शुक्रवार बिहान साढे ३ बजे पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएका दुई बस मध्ये काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति बसमा यात्रारत थिए।

आज बिहान पनि नारायणी नदीको गोलाघाटमा एक पुरुषको शव फेला परिसकेको छ। मृतक भारतको बिहार सितामणीको जमुवाका २८ वर्षका ऋषिपल साह रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

ऋषिपाल त्रिशुली नदीमा बेपत्ता भएको काठमाडौंबाट गौर जाने प्रदेश ०३-००१ख२४९५ नम्बरको बसमा सवार थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्