नेभिगेशन
नेपाल प्रहरी

प्रहरी जवानकै परीक्षामा नक्कली परीक्षार्थी, ६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीकै जवानको परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन् ।प्रहरीले सबै  नक्कली  परीक्षार्थीलाई पक्राउ गरेको जनाएको छ।

काठमाडौंका विभिन्न स्थानमा सन्चालिन प्रहरी जवानको लिखित परीक्षामा ६ जना नक्कली परीक्षार्थी फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरीका अनुसार रित शाहीको ठाउँँमापरीक्षा दिन आएका कालिकोट घर भएर हाल ललितपुर बस्ने २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको स्थानमा परीक्षा दिन आएका कन्चनपुरको पुनर्वास नगरपालिका-१ का २४ वर्षीy इशाक तामाङ र शर्मीला शाहीको ठाँउमा परीक्षा दिदै गरेकी दोलखा घर भएर हाल स्वयम्भू बस्ने तृप्ती सुन्दासलाई प्रहरीले पक्राउ गरेको हो।

त्यसैगरी प्रहरीले कन्चनपुर पुनर्वास-१ घर बहेर हाल मित्रनगर बस्दै आएका २२ वर्षीय पारस बुढालाई रोशन खत्रीको नाममा परीक्षा दिदै गरेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दार्चुला घर भएर हाल कीर्तिपुर बस्दै आएका २० वर्षीय रविन्द्र महरा पनि छन् । उनलाई सविन महराको नाममा परीक्षा दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो भने  बैतडी घर भएर हाल बसपार्कस्थित मित्रनगर बस्ने २१ वर्षीय दिनेश चन्दलाई प्रदीप बस्यालको नाममा परीक्षा दिन आउँदा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

पक्राउ परेका ६ जनामध्ये प्रहरी वृत्त नयाँ बानेश्वरले ३,प्रहरी वृत्त गौशालाले २ जना र एक जनलाई प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका सबैसँँग थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्