नेभिगेशन
सुरक्षा अपडेट

सुरक्षाफौजले फेला पारेको चौथो र पाचौं शव त्रिशुलीमा बेपत्ता भएका भारतीय नागरिकको रहेको पुष्टि

चितवन । सुरक्षाफौजले फेला पारेको पूर्वी नवलपरासीको गैंडाकोट-७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर-२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको  चौथो र पाचौं  शव त्रिशुलीमा बेपत्ता भएका यात्रुहरु रहेको खुलेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार  गैंडाकोटमा भेटिएको पुरुषको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको रहेको पुष्टि भएको छ। मृतक सजादका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् ।

हाल काठमाडौंको कलंकीमा ब्यवसाय गरेर बस्दै आएका गरेको सजाद वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ। उनको शव मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यस्तै पश्चिम चितवनको भरतपुर-२८ गोलाघाटमा आज बिहान भेटिएको अर्को शव पनि  ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुरको रहेको चितवन  प्रहरीले जनाएको छ। जयप्रकाश भारतको बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने उनको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेको प्रहरीले जानकारी दिएको छ ।

मृतक ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार थिए।

त्यस्तै प्रहरीले गैंडाकोटको नारायणी नदी किनारमा भेटिएको तेस्रो शव माडी–१ का २२ वर्षीय विकास परियार रहेको प्रहरीले जानकारी दिएको छ। विकासको शवलाई उनका दाइ विजय परियारले पहिचान गरेका थिए। चितवन प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान विकास वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसमा सवार थिए। 

त्यस्तै गैंडाकोटमै फेला परेको शव रौतहट सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमित कुशर माझीको भएको प्रहरीले जनाएको छ। शनिबार साँझ नै रमितका बुवा रविन्द्र कुशर माझीले रमितलाई सनाखत गरेको चितवन प्रहरीले जानकारी दिएको छ। 

मृतक रमित शुक्रवार बिहान साढे ३ बजे पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएका दुई बस मध्ये काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति बसमा सवार थिए।

त्यसैगरि शनिबार बिहान नारायणी नदीको गोलाघाटमा फेला परेको शव भारतको बिहार सितामणीको जमुवाका २८ वर्षका ऋषिपल साह रहेको पुष्टि भएको चितवन प्रहरीले जानकारी दिएको छ।

ऋषिपाल त्रिशुली नदीमा बेपत्ता भएको काठमाडौंबाट गौर जाने प्रदेश ०३-००१ख२४९५ नम्बरको बसमा सवार थिए। अन्य यात्रु र दुबै बसको आज बिहानैदेखि पुनः खोजीकार्य सुरु भएको चितवन प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्