नेभिगेशन
सुरक्षा अपडेट

पुतलीबजारमा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जामा एकै घरका दुई दिदिबहिनीको डुबेर मृत्यु भएको छ।

जिल्लाको पुतलीबजार नगरपालिका-४ स्थित रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका १२ र  १४ वर्षीया छोरीहरुको पानीको दहमा डुबेर मृत्यु भएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कक्षा ५ मा अध्यनरत १२ वर्षीया सुस्मिता थापा र ९ कक्षामा पढ्ने १४ वर्षीया लक्ष्मी थापा रहेका छन् ।

नरेन्द्रका दुबै छोरी घरदेखि आधा किलोमीटर टाढा रहेको दहमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्