नेभिगेशन
क्राइम स्टोरी

त्रिभुवन विमानस्थल लागुऔषध तस्करीको ट्रान्जिट बन्दै, लाओसबाट आएको थियो २० करोडको कोकिन

काठमाडौं । 'नेपालमा एउटा उखान हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० वटै हात्ती छिराउन सकिन्छ', अझ सुन र लागुऔषधको त के कुरा भयो र? हो त्रिभुवन विमानस्थलबाट ठयाक्कै त्यस्तै भने झै हात्ती नभएर तस्करहरुले सुन र लागुऔषध तस्करी गरेको देख्दै र सुन्दै आएका छौँ ।

मलेसिया, लाओस र बैंकक हुँदै  काठमाडौं विमानस्थलबाट बाहिरिएको २० करोड ३७ लाख रुपैयाँ मूल्य बराबरको कोकिनसँँगै मलेसियन महिला काठमाडौंको ठमेलबाट पक्राउ परेपछि फेरि लागुऔषध ओसारपसार (तस्करी) को ट्रान्जिट त्रिभुवन विमानस्थल बनेकोमा कुनै शंका छैन ।

हरेक कुराको गतिलो तरिकाले चेकिङ नहुँँदा त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी पटकपटक चुक्दै आएको छ। हिजो शनिबार मात्रै मलेसिया,लाओस र बैंकक हुँदै  काठमाडौं आइपुगेकी ४७ वर्षीया महिला बथुमलाई भादिभालोलाई काठमाडौं-२९ स्थित ठमेलको होटेलबाट पक्राउ परेकी मलेसियन महिलाको कोठामा ६ वटा स्कुल ब्यागभित्र फल्स बटम बनाइएर ५ किलो ८२० ग्राम कोकिन प्रहरीले बरामद गरेको थियो।

लागुऔषधको कारोबार भइरहेको विशेष सूचना पाएर काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलस्थित काठमाडौं सिटी होटेलमा आज छापा मार्दै मलेसियन महिलालाई ६ वटा स्कुल ब्यागमा राखिएको २० करोड ३७ लाख रुपैयाँको कोकिनसहित पक्राउ गरेको थियो।

लाओसबाट उक्त कोकिन रिसिभ गरेकी ती महिला १९ जुलाई पुनः नेपालबाट मलेसिया फर्किने तयारी गरेकी थिइन् । उक्त कोकिन ती मलेसियन महिलाले एक जना अर्कै व्यक्तिलाई हस्तान्तरण गर्ने योजना रहेको भएपनि आज प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो 

भारतमा कोकिनको बजार धेरै रहेको हुँदा उक्त कोकिन भारत पठाइने तयारीमा भारतबाट अर्का एक व्यक्ति कोकिन रिसिभ गर्न आउने तयारी रहेकै बेला  प्रहरीले ती महिलालाई कोकिनसहित पक्राउ गरेको हो।

काठमाडौं प्रहरीले कोकिन आएको सुईको पाउने तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले कुनै चाल नपाउने कारण के हुन सक्छ? खुलदुलीको विषय बनेको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्