नेभिगेशन
नेपाल प्रहरी

डाँका पक्रन प्रहरीले यसकारण चलायो महोत्तरीमा गोली...

महोत्तरी । नेपाल प्रहरीले महोत्तरीबाट कुख्यात डाँँकालाई गोली हानेर पक्राउ गर्न सफल बनेको छ। महोत्तरीको सोनमा गाउँपालिका-५ खैरवनीको महोत्तरी-सर्लाहीको सीमा सितलपुरमा प्रहरीले गोली हानेर सर्लाहीका ४० वर्षीय विजेन्द्र पासवानलाई गएराति पक्राउ गर्न सफल बनेको महोत्तरी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मधेसका विभिन्न जिल्ला बारा, सर्लाही, महोत्तरी, सिरहा र बागमती प्रदेशको सिन्धुलीमा समेत पटकपटक  डकैतीमा विजेन्द्रको संलग्नता देखिएको हुँदा पक्राउ गर्न भाग्न खोजेपछि प्रहरीले एक राउन्ड गोली हानेर पक्राउ गरेको हो।

सर्लाहीको लालबन्दी नगरपालिका-२ का विजेन्द्रको सितलपुरमा प्रहरीसँँग जम्का भेट भएक्प थियो। सोही क्रममा प्रहरीलाई देखेर विजेन्द्र भाग्न खोज्दा प्रहरीले खुट्टामा एक राउन्ड गोली हामेर पक्राउ गरेको हो।

वि.संं. २०५९ देखि २०७८ सालसम्म पटकपटक डकैती गरेका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले देखाएको अभिलेखमा विजेन्द्रले बारामा २, महोत्तरीमा २, सिन्धुली र सिराहामा १-१ पटक गरि ७ वटा र भारतका सीमावर्ती गाउँहरुमा समेत डकैती गरेका छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्