नेभिगेशन
सुरक्षा अपडेट

अपडेट: बाढीले घर बगाएर पुरिएका तीनै जना बालबालिका मृत भेटिए

दाङ । रुकुम पश्चिममा बाढीले घर बगाएर माटोमा पुरिएका तीन बालबालिका मृत फेला परेका छन् भने अझै एक जना बेपत्ता छन् ।   रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका थिए।

प्रहरीले मृत्यु हुने मा ८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन, ४ वर्षीया मनिसा सार्की हुन् भने ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको जानकारी दिएको छ।

जिल्ला प्रहरी प्रमुख नवराज पोखरेलले दिएको जानकारी अनुसार  बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन् ।

खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाले पनि उनीहरु मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्