नेभिगेशन
विपद घटना

बाढी-पहिरोबाट १२४ जनाको मृत्यु, ८ जना बेपत्ता

काठमाडौं । गत जेठ २८ गतेदेखि परेको अविरल वर्षा कारण देशभरमा हालसम्म १२४ जनाको बाढी-पहिरोबाट मृत्यु भएको छ।

बाढी-पहिरोबाट सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ। त्यसैगरी सबैभन्दा कम काठमाडौं उपत्यकामा २ जनाको मृत्यु भएको हो। त्यस्तै कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको जनाको मृत्यु भएको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका अनुसार कोशी प्रदेशमा ३४, मधेसमा ९, बागमती प्रदेशमा ७, गण्डकीमा २९, लुम्बिनीमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूूरपश्चिममा ११ का साथै काठमाडौं उपत्यकामा ८ जना गरि १ सय ४० जना घाइते भएका छन् ।

बाढी र पहिरोमा सुरक्षाफौजले सुदूूरपश्चिम र कर्णाली प्रदेशबाट १-१ जना, गण्डकीमा १ जना, बागमतीमा २, मधेसमा १ र कोशी प्रदेशमा २ जना बेपत्ता भएका छन् भने कोशीमा ४१ र गण्डकीमा १२ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।

हालसम्म बाढीबाट देशभर १८२ घर डुबानमा परेका छन् । बाढीबाट २१८ घर, ४३ पुल, ८० गोठ , एक विद्यालय, २ सरकारी कार्यालयमा क्षति पुगेको छ भने ५८४ पशु चौपाया मरेको र यस अवधिमा ३ हजार ७०२ घर परिवार विस्थापित भएको गृह मन्त्रालयले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्