नेभिगेशन
नेपाल प्रहरी

इन्स्पेक्टर पवन श्रेष्ठलाई स्पष्टीकरणसहित हाजिर हुन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई गृह मन्त्रालयले स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

१५ दिनको बिदा लिएर गत बैशाख ३ गतेदेखि सम्पर्कविहीन भएका प्राविधिक इन्स्पेक्टर डा.पवन श्रेष्ठलाई स्पष्टीकरणसहित सम्पर्क आउन मन्त्रालयले एक सूचना जारी गर्दै निर्देशन दिएको हो।

इन्स्पेक्टर  श्रेष्ठलाई सूचना प्रकाशित भएको ७ दिनको बाटोको म्यादले तत्काल हाजिर हुन निर्देशन दिदै तोकिएको समयमा हाजिर नभए सेवाबाट बर्खास्त गरिने गृह मन्त्रालयले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्