कोहलपुर । एक वर्षको अवधिमा बाँकेमा सडक दुर्घटनामा परेर ६६ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार १ वर्षको अवधिमा २ बालक सहित ५० पुरुष र १६ महिला गरी ६६ जनाले सडक दुर्घटनाबाट मृत्यु भएको हो।
बाँके ट्राफिक प्रमुख इन्स्पेक्टर गोपीकृष्ण सुवेदीले आर्थिक वर्ष २०८०–०८१ मा बाँकेमा भएका १५८ वटा सडक दुर्घटनामा परेर ६६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
सुवेदीले १ वर्षको अवधिमा बाँकेमा भएका १ सय ५८ वटा सडक दुर्घटनाको घटनामा परेर १ सय ५० पुरुष, ६ बालक, ९ बालिका र ४७ महिला गरी २ सय १२ जनाले ज्यान गुमाएको बताए ।
बाँकेमा सडक दुर्घटनामै परेर ६ चौपायको मृत्यु भएको छ भने २ घाइते भएका छन । उनले सडक दुर्घटना बढ्नुको कारण सडकको अवस्था, बढ्दो जनसंख्या र सवारी साधनको कारण भएको बताए ।
इन्स्पेक्टर सुवेदीले भने–‘ बाँकेमा सडक दुर्घटना न्यूनिकरण गर्नको लागि जिल्ला ट्राफिक कार्यालय बाँकेबाट विभिन्न खालका सचेतनाका कक्षा दैनिक रुपमा सरदर ७ वटा भनदा बढी सञ्चालन गर्नुको साथै चालक सहचालकको स्वास्थ्य परिक्षण, आकस्मिक सवारी जाँच गर्ने लगायतका गतिविधि गरिएको छ ।’
उनले एक वर्षको अवधीमा सवारी नियम उलंघन गर्नेलाई गरिएको ट्रफिक कारवाहीबाट २ करोड ६५ लाख ७६ हजार ५ सय राजश्व संकलन भएको बताए ।
यसैगरी सडक दुर्घटना न्युनिकरणका लागि २ हजार ४ सय ७८ वटा जनचेतनामुलक कक्षा सञ्चालन गरी १ लाख २९ हजार १ सय ४८ लाई ट्राफिक सचेतना कक्षा दिईएको जानकारी दिएका छन् ।